दफा १०
उपसमिति गठन गर्न सक्ने

(१) समितिले यो आदेशबमोजिम आफूले गर्नु पर्ने काम सुचारुरूपले गर्न गराउनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य, अधिकार र कार्यविधि तथा त्यस्तो उपसमितिको सदस्यले पाउने सुविधा उपसमिति गठन गर्दाकै बखत समितिले तोके बमोजिम हुनेछ ।